राजनीति

तनहुँको शुक्लागण्डकीमा कांग्रेसको अग्रता सुरु

तनहुँको शुक्लागण्डकी नगरपालिकामा मतगणना सुरु भएको छ। मेयरमा नेपाली कांग्रेसका कृष्णराज पण्डितले अग्रता सुरु गरेका छन्। 

शुक्लागण्डकीमा १०० मत गणना हुदाँ कांग्रेसका पण्डितले ४९ मत पाएका छन्। कांग्रेस र माओवादी केन्द्रले गठबन्धन गरेर चुनावी मैदानमा उत्रिएका थिए। उपमेयरका उम्मेद्वार माओवादी केन्द्रका खुमबहादुर विक ९राजु० ले २९ मत पाएका छन्।  

नेकपा एमालेका मेयरका उम्मेद्वार मुक्ति तिम्सिनाले ४५ र उपमेयरकी उम्मेद्वार फुलमाया वाग्लेले ४५ मत पाएकी छन्। भिमाद नगरपालिकामा नेकपा एमालेले अग्रता कायम गरेको छ। एक हजार ३५५ मत गन्दा मेयर र उपमेयर दुवै पदमा एमालेका उम्मेद्वारको अग्रता छ। 

एमालेका मेयरका उम्मेद्वार दधिराज सुवेदीले ६६९ मत पाएका छन्। उपेमयरमा शारदा खनालले ६४१ मत पाएकी छन्।  गठबन्धनको तर्फबाट मेयरका उम्मेद्वार एकिकृत समाजवादी पार्टीका काजीमान श्रेष्ठले ४५१ र उपमेयरका उम्मेद्वार नेपाली कांग्रेसका मिलन आलेले ५६३ मत पाएका छन्।  जिल्लाको दुई गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका उम्मेद्वारले अग्रता कायम गरेका छन्। बन्दीपुर गाउँपालिका र आँबुखैरेनी गाउँपालिकामा माओवादीका उम्मेद्वारले अग्रता कायम गरेका हुन्।  

बन्दीपुर गाउँपालिकामा एक हजार ४०० मत गणना हुदा माओवादीबाट अध्यक्षका उम्मेद्वार पुर्णसिं थापाले ४७३ र उपाध्यक्ष करुणा गुरुङले ४३८ मत पाएकी छन्।  

नेकपा एमालेका अध्यक्षका उम्मेद्वार सुरेन्द्रबहादुर थापाले ३९६ मत पाएका छन्।  यहाँ एमालेले कांग्रेसबाट कारबाहीमा परेका पुर्व सहमहामन्त्री गोविन्दराज जोशी समुहसँग तालमेल गरेका छन्। जोशी समुहबाट स्वतन्त्र उपाध्यक्षमा स्वतन्त्र उम्मेद्वारी दिएकी केशमाया गुरुङले २१३ मत पाएकी छन्।

नेपाली कांग्रेसका अध्यक्षका उम्मेद्वार धुर्वलाल प्रधानले ३९८ र उपाध्यक्षकी उम्मेद्वार पञ्चमाया गुरुङले ४६१ मत पाएकी छन्।  यस्तै, आँबुखैरेनी गाउँपालिकाको माओवादी केन्द्रबाट अध्यक्षका उम्मेद्वार शुक्र चुमानले १००, उपाध्यक्षकी उम्मेद्वार दुर्गा अर्यालले ७५ मत पाएकी छन्।  नेपाली कांग्रेसका अध्यक्षका उम्मेद्वार गिरबहादुर थापाले ४३ र उपाध्यक्षका उम्मेद्वार पवित्रा गौलीले  ४४ मत पाएकी छन्।  

एमालेका अध्यक्षका उम्मेद्वार ऋषी केसीले ३० र उपाध्यक्षकी उम्मेद्वार मिना अधिकारीले ५२ मत पाएकी छन्। आँबुखैरेनीमा २०० मत गणना भएको छ।

प्रकाशित: ३१ वैशाख २०७९ ०७:५९ शनिबार