बैतडीका पाँच स्थानीय तहमा कांग्रेस र एक स्थानीय तहमा एमालेका उम्मेदवारले अग्रता लिएका छन्। जिल्लाका १० स्थानीय तहमध्ये ६ स्थानीय तहमा मतगणना जारी रहेको छ। अन्य स्थानीय तहमा मतगणनाको तयारी भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
सदरमुकाम रहेको दशरथचन्द नगरपालिकामा प्रमुखमा नेपाली कांग्रेसका गजेन्द्रसिंह रावलले ४ सय ५८ मत ल्याएर अग्र स्थानमा छन् भने नेकपा एमालेका पुष्करराज जोशी ४ सय ५४ मत ल्याएका छन्। उपप्रमुखमा नेपाली कांग्रेसकी कौशिला चन्द ४ सय ६६ मतले अग्रता लिएकी छन् भने एमालेकी सरस्वती नेपालीले ४ सय ४० मतका साथ पछ्याइरहेकी छिन्।
पाटन नगर नगरपालिकामा प्रमुखमा कांग्रेसका गौरीसिंह रावलले २ सय २५ मत ल्याएका छन्। एमालेका नारायणसिंह भण्डारीले २ सय २०,उपप्रमुखमा माओवादी केन्द्रका कमलसिंह बोहरा २ सय ८ र एमालेकी हरु भट्टले १ सय ९६ मत ल्याएकी छन्।
पुर्चौडी नगरपालिका प्रमुखका कांग्रेसका दिपकबहादुु बमले ४ सय ५ मत, एमालेका कर्णबहादुर कुँवरले २ सय ७७ र माओवादी केन्द्रका बिक्रमबहादुुर कुँवरले २ सय ३३ मत ल्याएका छन्। उपप्रमुखमा कांग्रेसकी मीना धानुक ४ सय ७ एमालेकी जानकी साउँद २ सय ९३, माओवादी केन्द्रकी नन्दा साउँद २ सय ५१ मत ल्याएकी छन्।
मेलौली नगरपालिकामा एमालेका जगदिशसिंह नायकले ९६ मत कांगेसका प्रेमबहादुर चन्दले ९६ र माओवादी केन्द्रका भीमबहादुर चन्दले ७८ मत ल्याएका छन्। शिवनाथ गाउँपालिका प्रमुखमा कांगेसका कर्णसिंह साउँदले ६ सय ४१ मत, एमालेका हजारीसिंह साउँदले ५ सय ६ मत ल्याएका छन्। यस्तै सुर्नया गाउँपालिकामा कांगे्रसका गजेन्द्रबहादुर चन्द १ सय ९८ मत, एमालेका अम्मरबहादुर कुँवरले ३२ मत ल्याएका छन्।
प्रकाशित: ३१ वैशाख २०७९ ०६:२३ शनिबार