बैतडीका तीन स्थानीय तहमा कांग्रेस र तीन स्थानीय तहमा एमालेका उम्मेदवारले अग्रता लिएका छन्। जिल्लाका १० स्थानीय तहमध्ये ६ स्थानीय तहमा मतगणना जारी रहेको छ।
सदरमुकाम रहेको दशरथचन्द नगरपालिकामा प्रमुखमा नेकपा एमालेका पुष्करराज जोशी ३ सय ९८ मत ल्याएर अग्र स्थानमा छन् भने नेपाली कांग्रेसका गजेन्द्रसिंह रावल ३ सय ३३ मत ल्याएका छन्। उपप्रमुखमा नेपाली कांग्रेसकी कौशिला चन्द ३ सय ६७ मतले अग्रता लिएकी छन् भने एमालेकी सरस्वती नेपालीले ३ सय ५२ मतका साथ पछ्याइरहेकी छन्।
पाटन नगर नगरपालिकामा प्रमुखमा एमालेका नारायणसिंह भण्डारीले १ सय ८१, कांग्रेसका गौरीसिंह रावलले १७२ मत ल्याएका छन्। उपप्रमुखमा माओवादी केन्द्रका कमलसिंह बोहरा १ सय ६२ र एमालेकीहरु भट्टले १ सय ६६० मत ल्याएकी छन्।
पुर्चौडी नगरपालिका प्रमुखका कांग्रेसका दिपकबहादुु बमले ३ सय २५ मत एमालेका कर्णबहादुर कुँवरले २ सय १४ र माओवादी केन्द्रका बिक्रमबहादुुर कुँवरले १९५ मत ल्याएका छन्। उपप्रमुखमा कांग्रेसकी मीन धानुक ३ सय २२ एमालेकी जानकी साउँद २ सय ३१, माओवादी केन्द्रकी नन्दा साउँद २ सय १२ मत ल्याएकी छन्।
मेलौली नगरपालिकामा एमालेका जगदिशसिंह नायकले ९६ मत कांगेसका प्रेमबहादुर चन्दले ९६ र माओवादी केन्द्रका भीमबहादुर चन्दले ७८ मत ल्याएका छन्। शिवनाथ गाउँपालिका प्रमुखमा कांगेसका कर्णसिंह साउँदले ६ सय ४१ मत, एमालेका हजारीसिंह साउँदले ५ सय ६ मत ल्याएका छन्। यस्तै सुर्नया गाउँपालिकामा कांगे्रसका गजेन्द्रबहादुर चन्द १ सय ९८ मत, एमालेका अम्मरबहादुर कुँवरले ३२ मत ल्याएका छन्।
प्रकाशित: ३१ वैशाख २०७९ ०६:०१ शनिबार