राजनीति

सुदूरपश्चिमका विभिन्न पालिकामा मतगणना शुरु

सुदूरपश्चिम प्रदेशका विभिन्न पालिकामा मतगणना सुरु भएको छ। केही पालिकामा रातिदेखि शुरु भएको हो भने केही पालिकामा बिहानदेखि मतगणना सुरु गरिएको छ।

सुदूरपश्चिमका ८८ स्थानीय तहमध्ये २६ पालिकाको मतगणना सुरु गरिएको छ। मत गणना सुरु भएको पालिकाको प्रारम्भिक मत अनुसार ११ पालिकाको प्रमुख र अध्यक्षमा एमालेको अग्रता देखिएको छ भने १० पालिकाको प्रमुख र अध्यक्षमा नेपाली कांग्रेस र ५ पालिकाको प्रमुख, अध्यक्षमा माओवादी केन्द्रले अग्रता लिएको छ। कैलालीको बर्दगोरिया गाउँपालिका, डोटीको जोरायल गाउँपालिका, डोटीको बोगटान फुटसिल गाउँपालिकामा एमालेले अग्रता लिएको छ।

यसैगरी बैतडी दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, मेलौली नगरपालिकामा, दार्चुलाको मालिकार्जुन गाउँपालिकामा एमालेले अग्रता लिएको छ। बझाङको बिथ्थरचिर गाउँपालिका, मष्टा गाउँपालिका, खप्तडछान्ना गाउँपालिका र अछामको बन्नीजयगढ गाउँपालिकामा पनि एमालेले अग्रता लिएको छ। यसैगरी नेपाली कांग्रेसले प्रधानमन्त्री देउवाको गृहजिल्ला डडेल्धुराको अमरगढी नगरपालिका, गन्यापधुरा गाउँपालिकामा अग्रता लिएको छ।

यी दुवै पालिकामा काग्रेसबाट विद्रोह गरेर नेपाली कांग्रेस विपीको करुवा चुनावबाट लडेका उम्मेदवारले पछ्याइरहेका छन्। कर्ण मल्लले नेतृत्व गरेको विद्रोही समुर र नेकपा एमाले गठबन्धन गरेर चुनाव लडेका थिए। यसैगरी बैतडीको सुर्नाया गाउँपालिका, पुर्चौडी नगरपालिका, शिवनाथ गाउँपालिका, डोटीको बडिकेदार गाउँपालिका, कैलालीको गोदावरी नगरपालिका, कैलारी गाउँपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ।

दार्चुलाको दुहु गाउँपालिका र नौगाड गाउँपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ। माओवादी केन्द्रले कञ्चनपुरको बेलौरी नगरपालिका, डडेल्धुराको परशुराम नगरपालिका, दार्चुलाको अपिहिमाल गाउँपालिका, लेकम गाउँपालिका र अछामको रामारोशन नगरपालिकामा अग्रता लिएको छ।

प्रकाशित: ३१ वैशाख २०७९ ०३:२९ शनिबार

सुदूरपश्चिम प्रदेश मतगणना शुरु