राजनीति

पैसा बाँड्ने र भोजभतेर गर्नेतिर निर्वाचन आयोगको ध्यान पुगेनः अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चुनावमा पैसा बाँड्ने र भोज गरेर मतदाता प्रभावित गर्नेप्रति निर्वाचन आयोगले ध्यान दिन नसकेको बताएका छन्।

रौतहटको गौरको रामजनकी कन्या विद्यालयबाट मतदान गरेपछि उनले चुनावको बेला पैसा बाँडेर भोज खुवाउनेको जमात ठूलो रहेको बताएका हुन्।

आयोग यस्ता कुरा रोक्न सफल नभएको भन्दै उनले यो पाराले निर्वाचन स्वच्छ नहुने बताए। प्रहरी प्रशासनले पनि यसलाई प्रभावकारी ढंगले हेर्नुपर्ने नेपालले बताए।

प्रकाशित: ३० वैशाख २०७९ ०३:१५ शुक्रबार

नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल