राजनीति

एमालेका वडा कमिटी अध्यक्ष पार्टीबाटै निष्कासित

नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले इलाम नगरपालिका–९ का पार्टी अध्यक्ष शेरबहादुर खड्कालाई जिम्मेवारीबाट हटाउँदै साधारण सदस्यतासमेत नरहनेगरी निष्कासन गरेको छ।

पार्टीको हितविपरीत कार्य गरेको भन्दै एमाले जिल्ला अनुशासन कमिटीले उनलाई वडा कमिटीबाट बर्खास्त गर्दै पार्टीको साधारण सदस्यतासमेत खारेज गरेको हो। अनुशासन कमिटी संयोजक तथा पार्टी जिल्ला उपाध्यक्ष उदयबहादुर राईले उनलाई पार्टीबाट निष्काशन गरिएको पत्र पठाएका छन्।

खड्काले पार्टी निर्णयविपरीत आउँदो स्थानीय तह निर्वाचनका लागि वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका छन्। यो वडामा एमालेको उम्मेदवार भने ललित चौहान छन्। पार्टीको वडा ९ र इलाम नगर कमिटीको सिफारिसमा खड्कालाई कारबाही गरेको एमालेले जनाएको छ।

प्रकाशित: २० वैशाख २०७९ ०३:४६ मंगलबार

नेकपा (एमाले) शेरबहादुर खड्का