राजनीति

कांग्रेस घोषणापत्र तयारी समितिको संयोजकमा महामन्त्री थापा

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको ‘स्थानीय तह निर्वाचन–२०७९, घोषणापत्र तयारी समिति’को संयोजकमा महामन्त्री गगनकुमार थापालाई मनोनीत गरेका छन्।

पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको गत फागुन ३ गतेको बैठकको निर्णयानुसार सभापति देउवाले उनलाई समितिको संयोजकमा आज मनोनयन गरेकाे पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। रासस

प्रकाशित: ११ चैत्र २०७८ ००:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App