राजनीति

व्यापार घाटा घटाउन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक अवस्थालाई सन्तुलनमा राख्न व्यापार घाटा घटाउने नीति र कार्यक्रम अघि बढाउन निर्देशन दिएका छन्।

उद्योग, वाणिञ्य तथा आपूर्ति मन्त्रालयको मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बुधबार बसेको बैठकमा प्रधानमन्त्री देउवाले व्यापार घाटा घटाउने गरी कार्यक्रम बनाउन निर्देशन दिएका हुन्। ‘हाम्रो व्यापार घाटा चिन्ताजनक अवस्थामा देखिएको छ, अब तपाइँहरूले व्यापार घाटा घटाउनेगरी नीति तथा कार्यक्रम तय गरेर अघि बढ्नुस्’, प्रधानमन्त्रीले भने।

प्रधानमन्त्री देउवाले अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन सम्भावना भएका क्षेत्रमा लगानी बढाउन पनि निर्देशन दिए। उनले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नेगरी नीति तय गर्न पनि निर्देशन दिए। प्रधानमन्त्री देउवाले व्यापार घाटा घटाउन विद्युत्को खपत बढाउनुपर्ने भन्दै विद्युतीय सवारीसाधन, विद्युतीय चुलोलगायतको प्रयोग बढाउन पनि निर्देशन दिए।

‘हाम्रो प्रचुर सम्भावना रहेको क्षेत्र जलस्रोत हो,’ प्रधानमन्त्रीले भने, ‘अब हामीले पेट्रोलियम पदार्थ खरिदमा जाने ठूलो रकम कम गर्न पनि विद्युतीय सवारीसाधन प्रयोग गरी विद्युत्को खपत बढाउनुपर्छ ।’कार्यक्रममा राष्ट्रिय याजना आयोग, अर्थ मन्त्रालय, सामान्य प्रशासन तथा संघीय मामिला मन्त्रालयलगायतका प्रतिनिधिहरूको सहभागिता थियो।

प्रकाशित: १० चैत्र २०७८ ०१:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App