राजनीति

राष्ट्रियसभा निर्वाचनः सुदूरपश्चिममा नेकपा एसकी गरिमा शाह विजयी

राष्ट्रियसभा सदस्य निर्वाचनमा सुदूरपश्चिमबाट महिलातर्फ नेकपा (एकीकृत समाजवादी)की गरिमा शाह विजयी भएकी छन्।

बुधबार दिउँसो भएको मतगणना अनुसार उनले प्रदेशसभाको ३९ र स्थानीय तहको १०९ जनप्रतिनिधिको मत पाएकी छन्। उनकी प्रतिद्वन्द्वी नेकपा एमालेकी उम्मेदवार सन्तोषकुमारी थापाले प्रदेशसभाका १२ र स्थानीय तहका ६४ जनप्रतिनिधिको मत पाइन्।

सुदूरपश्चिम प्रदेशमा अन्य र दलिततर्फका उम्मेदवारको मतगणना भने जारी छ।

प्रकाशित: १२ माघ २०७८ १०:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App