राजनीति

सैनिक प्रवक्ताको जिम्मेवारी सहायकरथी सिलवाललाई

नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायकरथी नारायण सिलवालले पाएका छन्। करिब डेढवर्ष प्रवक्ताको जिम्मेवारीमा रहेका निवर्तमान सहायकरथी सन्तोषबल्लभ पौडेलले सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयमा आयोजित कार्यक्रममा सहायकरथी सिलवाललाई आज  प्रवक्ताको जिम्मेवारी औपचारिकरुपमा हस्तान्तरण गरे।

बालाजुस्थित सेनाको एक नम्बर  बाहिनीपति सिलवाललाई सैनिक मुख्यालयले केही समयअघि सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयमा सरुवा गरेको थियो। निवर्तमान प्रवक्ता पौडेललाई जङ्गी अड्डाले मुख्यालयस्थित शान्ति सेना सञ्चालन निर्देशनालयको निर्देशकमा सरुवा गरेको छ। रासस

प्रकाशित: २९ पुस २०७८ ११:१६ बिहीबार

सैनिक प्रवक्ता