राजनीति

९ वर्षसम्म नेतृत्व जाम हुँदा दोलखा एमालेमा आकांक्षी व्यवस्थापन गर्नै सकस

झण्डै ९ वर्षसम्म नेतृत्व ‘जाम’ हुँदा दोलखा एमालेको आसन्न जिल्ला अधिवेशनमा आकाँक्षीको लर्को देखिएको छ।

माओवादी केन्द्रसँगको पार्टी एकिकरण र आन्तरिक समस्याले समयमै अधिवेशन हुन नसकेको दोलखा एमालेमा ९ वर्षपछि हुन लागेको अधिवेशनबाट नेतृत्वमा पुग्न नयाँ र पुराना दुवै पुस्ताका अनुहारअघि सरेका छन्।

दोलखा एमालेको अधिवेशन शुक्रबार सदरमुकाम चरिकोटमा हुँदैछ। ५ सदस्यीय पदाधिकारीमा १८ जनाभन्दा बढी आकांक्षी देखिएका छन्। अध्यक्षका आकांक्षीहरु परिआए चुनावकै ‘मुड’ मा देखिएपनि जिल्ला तहका शिर्ष नेताहरु सर्वसम्मतीबाट नेतृत्व छान्ने कसरतमा लागेकाले आकाँक्षीहरुको व्यवस्थापन उनिहरुका लागी पेचिलो बन्ने देखिएको छ।

अध्यक्षका आकांक्षीमा नरबहादुर श्रेष्ठ, सचिव भरत दुलाल, उपसचिव डबल पाण्डे र सचिवालय सदस्य भरत केसी छन्। उनिहरुसबै समकालिन हुन्। ९ वर्षअघि चुनिएका चारै जना दोलखा एमालेका पुराना नेता हुन्।

जिल्ला कमिटिमा एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिव चुनिने व्यवस्था छ। यी ५ पदमा १८ जना आकांक्षी देखिएका छन्। वडाहरुबाट करिब ७ सय प्रतिनिधि छनोट भएर आईसकेका कारण  सदरमुकाम चरिकोटमा आकांक्षीहरु जोडघटाउमा व्यस्त छन्।

प्रकाशित: २१ पुस २०७८ ०९:२५ बुधबार

कांग्रेस जिल्ला अधिवेशन