जनता समाजवादी पार्टी(जसपा)को मधेस प्रदेश समितिको अध्यक्षमा रामबाबु यादव चयन भएका छन्। प्रदेश २ अर्थात् मधेस प्रदेश समितिको बुधबार बसेको बैठकबाट यादवको अध्यक्षतामा ११ सदस्यीय पदाधिकारी समिति चयन गरेको हो।
बाराको निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य यादवलाई जसपाले प्रदेश २ को नेतृत्व दिएको हो। पार्टी एकीकरणपछि प्रदेश समिति समायोजन गरिएको छ।
जसपाको प्रदेश २ उपाध्यक्षमा ५ जनालाई चयन गरिएको छ। उपाध्यक्षमा रामपृत पासवान, शम्भु झा, शेषनारायण यादव, बृजमोहन तिवारी र रामसेवक यादवलाई चयन गरिएको छ।
यस्तै, मुख्य सचिवमा दिनेशकुमार यादव र तीनजना सचिवमा युसुफ अलि, निरा साह र शैलेशकुमार साहलाई चयन गरेको छ। यस्तै, प्रदेश समितिको कोषाध्यक्षमा रेणु यादव छानिएकी छन्। रेणु कोषाध्यक्षमा दोहरिएकि छिन्।
प्रकाशित: १५ मंसिर २०७८ १३:०३ बुधबार