राजनीति

आगामी निर्वाचनमा बहुमत ल्याएर न्यायालयमा देखिएको विकृतिकाे अन्त्य गर्छौः शेरबहादुर तामाङ

नेकपा एमालेका केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले आफ्नो पार्टीले आगामी निर्वाचनमा बहुमत ल्याएर न्यायालयमा देखिएका सबै खालको विकृति अन्त्य गर्ने बताएका छन्।

मंगलबार चितवनको सौराहमा सञ्चारकर्मीसँग कुरा गर्दै कार्यालय सचिव तामाङले आगामी निर्वाचनमा बहुमत ल्याएर न्याय क्षेत्रमा देखिएको समस्या समाधान गर्नका लागि पार्टीको १० औं महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा केन्द्रीय कार्य समिति चयन गर्नु परेको बताए।

उनले न्याय क्षेत्रको अप्ठ्यारो हटाउनका लागि आगामी निर्वाचनमा दुई तिहाई मत दिएर विजयी गराउन आम जनतालाई आफूहरुले आग्रह गरिएको समेत बताए।

कार्यालय सचिव तामाङले अध्यक्ष केपी ओलीले पार्टीको केन्द्रिय कमिटीका लागि प्रस्तुत गरेको नामावली योग्य रहेको दावी समेत गरे।

प्रकाशित: १४ मंसिर २०७८ ०८:४९ मंगलबार

नेकपा एमाले सचिव शेरबहादुर तामाङ