राजनीति

काँग्रेस निर्वाचन: धादिङमा पौडेल पक्ष बलियो

क्षेत्रिय निर्वाचनका लागि धादिङबेसी आइपुगेका काँग्रेसका कार्यकर्ताहरु। तस्बिर: सरिता/नागरिक

नेपाली कांग्रेस धादिङको जिल्ला अधिवेशनको रौनक छाएको छ। जिल्ला अधिवेशन नजिकिरहदाँ यसअघि नै केन्द्रिय धुव्रमा रहेका शेरबहादुर देउवा र रामचन्द्र पौडेल पक्षधरहरुकाले आ-आफ्नो प्यानल घोषणा गरिसकेका छन्। देउवा पक्षबाट भीमप्रसाद ढुङगाना र पौडेल पक्षबाट रामनाथ अधिकारीले जिल्ला सभापतिका लागि उम्मेदवारी घोषणा गरेका छन्।  

वडा, स्थानीय तह, क्षेत्र हुँदै जिल्ला अधिवेशनको चटारो चलेको छ। केही दिनअघि मात्र प्रतिनिधिसभा र प्रदेशसभा क्षत्रिय अधिवेशन सकिएको छ। १४औं अधिवेशनमा यी क्षेत्रहरुमा पौडेल पक्ष बलियो देखिएको छ। देउवा पक्षको नेतृत्व गर्दै आएका भीमप्रसाद ढुंगानाको प्यानल र पौडेल पक्षको नेतृत्व गर्दै आएका रामनाथ अधिकारीको प्यानलबीच भएको मतदानमा रामनाथको प्यानल बलियो देखिएको हो।

रामनाथ र भीमप्रसाद दुबैले आ–आफ्नो मत बलियो भएको दावी गर्दै आएको प्रतिनिधिसभा क्षेत्र नं. १ मा रामनाथको प्यानल नै विजयी भएको छ। प्रदेशसभा १ ‘क’ र ‘ख’ मा पनि रामनाथकै प्यानल विजयी भएको छ। भीमप्रसादले आफ्नो पकड मान्दै आएको प्रतिनिधिसभा २ मा पनि रामनाथले नै बाजी मारेको छ। सचिव र सहसचिव एकएक जना बाहेक सभापतिसहित अधिकांश पदमा रामनाथकै प्यानल हावी छ।

प्रदेशसभा २ को सभापति रामनाथ र भीमप्रसादले एउटा एउटा हात पारेको छ। प्रदेशसभा २ ‘क’ रामनाथ प्यानलका होमबहादुर गुरुङले जितेका छन् भने प्रदेशसभा २ ‘ख’ मा भीमप्रसाद प्यानलका रणबहादुर तामाङ सभापतिमा निर्वाचित भएका छन्। यो दुबै क्षेत्रमा प्यानल विजयी नभएपनि पदाधिकारीसहित सदस्यहरु रामनाथ प्यानलबाटै धेरै विजयी भएका छन्।

नेपाली कांग्रेसले धादिङबाट ५० जना महाधिवेशन प्रतिनिधि चुनिएका छन्। त्यसमा पनि ४१ जनाले रामनाथ प्यानलबाट नै चुनाव जितेका छन् भने भीमप्रसाद प्यानलबाट ९ जनाले मात्रै जितेका छन्। २ जना क्षेत्रीय सभापतिसहित केन्द्रिय महाधिवेशनमा ५२ जना प्रतिनिधि सहभागी हुनेछन्। प्रदेशसभामा चुनिएका ६८ जना प्रतिनिधि पनि रामनाथ प्यानलकै धेरै विजयी छन्। ४ जना क्षेत्रीय सभापतिसहित ७२ जनाले प्रदेशसभामा भाग लिनेछन्।

प्रकाशित: १० मंसिर २०७८ ०४:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App