राजनीति

एमाले १० बुँदे सहमति कार्यान्वयनका लागि बनेको कार्यदलको संयोजकमा भीम रावल

नेकपा एमालेले १० बुँदे सहमति कार्यान्वयनका लागि बनेको कार्यदलको संयोजक भीम रावललाई तोकेको छ।

यसअघि महासचिव ईश्वर पोखरेलको नेतृत्वमा रहेको समितिलाई विस्तार गरि स्थायी कमिटीको सोमबार बसेको बैठकले शंकर पोखरेललाई कार्यदलमा थप गरेको छ भने रावललाई संयोजक तोकिएको हो।

सोमबार बसेको स्थायी कमिटी बैठकले रावलको संयोजकत्वमा ७ सदस्यीय कार्यदल बनाउने निर्णय गरेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए।

प्रकाशित: ११ आश्विन २०७८ १४:१४ सोमबार

एमाले १० बुँदे सहमति कार्यान्वयन