राजनीति

चुनवामा होमिएका अधिकांश कांग्रेसी पत्रकार विजयी

नेपाली काँग्रेसको १४औं महाधिवेशनका वडा प्रतिनिधि र वडा समितिमा चयन हुनका लागि मोफसलमा कार्यरत अधिकांश काग्रेसी पत्रकार चुनावमा उत्रिए। वडा प्रतिनिधि र वडा कमिटिमा आउन पत्रकारलाई चुनावमा प्रतिस्पर्धा गर्न पर्‍याे। क्षेत्रिय वा वडा प्रतिनिधि चयनकालागि कतिपय वडामा चुनाव भएको छ भने कतिपय वडामा निरविरोध निर्वाचित पनि भएका छन्। 

समग्रमा हेर्दा चुनावमा होमिएका काग्रेसी पत्रकार वडा प्रतिनिधि र वडा समितिमा पदाधिकारीमा चयन भएका छन्।  पत्रकार यमनाथ घिमिरे नेपाल पत्रकार महासंघका लुम्बीनि प्रदेशका कोषाध्यक्ष हुन्। उनी वडानं. ११ वाट निरबिरोध वडा प्रतिनिधि चयन भए। यादव आचार्य नेपाल पत्रकार महासंघ जिल्ला शाखाका निर्वाचित अध्यक्ष हुन्। १४औँ अधिवेशनकालागि आचार्य वडानं ७ मा वडा प्रतिनिधि निर्वाचित भए। मधुवन नगरपालिका ९ बाट कृष्ण भण्डारी वडा प्रतिनिधिमा निरविरोध चयन भए। भण्डारी मोफसलमा संचालित बढैयाताल टुडे दैनिक पत्रिकाका सम्पादक/प्रकाशकको जिम्मेवारीमा छन्।  

पत्रकार ज्योती पन्थी गुलरिया नगरपालिका ४ मा निरविरोध निर्वाजित भए।निरबिरोध प्रतिनिधि चयनका लागि पन्थीले महत्वपूर्ण भूमिका निभााएको क्रियाशिल सदस्यले सकारात्मक प्रतिक्रिया दिए।नेपाल पत्रकार महासंघका कार्यसमिति सदस्य दुर्गा आचार्य गुलरिया नगरपालिका ७ वाट वडा कार्य समिति चयन भए। उनी निरविरोध वडा समिति सदस्य चयन भएका पत्रकार हुन्।  

पत्रकार महासंघका सदस्य समेत रहेका स्थानीय नेता सुभाष पोखरेल गुलरिया नगरपालिका ७ वाट वडा प्रतिनिधि निर्वाचित क्षेत्रिय प्रतिनिधि हुन्। निर्वाचनमा जितेर पत्रकार पोखरेलले वडा प्रतिनिधि हात पारे। गुलरिया वडा नम्बर ७ का दिपक श्रेष्ठ वडा प्रतिनिधि हुन्। पत्रकार श्रेष्ठले वडा प्रतिनिधि चयनका चुनाव लडे।  

गुलरिया वडानं. ५ वाट  निरबिरोध चयन भएका यूवराज श्रेष्ठ पूर्व पत्रकार महासंघ जिल्ला शाखाका अध्यक्ष हुन्। श्रेष्ठ नेपाली काग्रेसको भातृ संगठन प्रेस यूनियन केन्द्रिय उपाध्यक्ष समेत भईसकेका छन्। मधुवन ४ बाट श्रीराम सिग्देल महाधिबेशनका लागि वडा प्रतिनिधि चुनिए। सिग्देल पूर्व महासघका अध्यक्ष तथा प्रेस यूनियनका केन्द्रिय पार्षद पटक पटक भईसकेका छन्। गुलरिया वडा नंम्बर ६ बाट  विष्णु अधिकारी निरविरोध चयन भए। पत्रकार अधिकारी नेपाल पत्रकार महासंघका सहसचिव पदको जिम्मेवारीमा छन्।

जिल्लामा ८ वटा पालिकामा वडा प्रतिनिधि सम्पन्न भईसकेको छ। कतै चुनाव र कतै सर्वसहमति भईरहदा जिल्ला नै चुनावमय भएको छ। ८ वटा पालिकाका ७५ वडामा  वडा प्रतिनिधि र समितिका लागि सर्वसहमति र निर्वाचन सम्पन्न भईसकेको छ। वडा प्रतिनिधि र वडा कमिटिको लागि सर्वसहमति र निर्वाचनबाट टुगों लागिसकेको पत्रकार अधिकारी बताए।‘पालिका र जिल्लाको पदाधिकारी चयन गर्न वडा प्रतिनिधिले पाउँछन’उनले भने,‘खुला र समावेशीबाट वडा प्रतिनिधि चयन गर्ने व्यबस्था छ।’

चित वा चयन भएपछि पालिका स्तरिय चुनावको तयारीमा सिंगो नेपाली काँग्रेस लाग्नेछ। नेपाली काँग्रेसको हाबी भएको भन्दै कार्यकर्ता दुखी छन्। फलामे द्ववारको रुपमा रहेको क्षेत्रिय प्रतिनिधि चुनाव चयन नभए अघिका चुनावमा अधिकार खोसिनाले नेतृत्व तहले यस चुनावलाई चासोका साथमा हेरिरहेका छन्। 

प्रकाशित: ७ आश्विन २०७८ १०:४२ बिहीबार

अधिकांश कांग्रेसी पत्रकार विजयी नेपाली काँग्रेसको १४औं महाधिवेशन