राजनीति

उपाध्यक्ष फतिमा र अध्यक्ष नेपालबीच भेटवार्ता, एमसिसीबारे साझा दृष्टिकोण बनाएर अघि बढ्ने

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमसिसीबारे साझा दृष्टिकोण बनाएर अघि बढ्ने बताएका छन्। 

बेलुका नेपाल निवास कोटेश्वरमा एमसिसी उपाध्यक्ष फतिमा सुमार र अध्यक्ष नेपालबीच भएको भेटवार्ताका क्रममा उपाध्यक्ष फतिमाले राखेको जिज्ञासामा अध्यक्ष नेपालले सो कुरा बताएका हुन्। भेटवार्तामा फतिमाले एमसिसी अनुमोदन प्रक्रिया बढाउन आग्रह गरेकी थिइन्। त्यसको जवाफमा अध्यक्ष नेपालले एमसिसीबारे सत्ता गठबन्धनमा छलफल भैरहेकोले सोबारे आफूले मात्र नभई गठबन्धनले साझा दृष्टिकोण बनाएर अघि बढ्ने जवाफ दिएका थिए।

प्रकाशित: २४ भाद्र २०७८ १४:१६ बिहीबार

अध्यक्ष माधवकुमार नेपाल उपाध्यक्ष फतिमा