राजनीति

प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्य

प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्यले सपथ ग्रहण गरेका छन्। प्रदेश १ का प्रदेश प्रमुख सोमराज अधिकारी प्यासीले मुख्यमन्त्रीमा भीम आचार्यलाई सपथ ग्रहण गराएका हुन्। आचार्य आजै एमाले संसदीय दलको नेता चयन भएका थिए। 

आज विराटनगरमा बसेको एमाले संसदीय दलको बैठकले आचार्यलाई संसदीय दलको नेता चयन गरेको थियो। आचार्यले आजै कार्यभार सम्हाल्ने नेकपा एमालेले जनाएको छ।

प्रकाशित: १० भाद्र २०७८ ०६:४९ बिहीबार

प्रदेश १