राजनीति

एमाले अध्यक्ष ओली र भाजपा नेताबीच भेट

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ। सोमबार चौथाइवाले ओली निवास बालकोटमा भेटवार्ता गरेका हुन्।

भेटका क्रममा द्विपक्षीय हितका विषयमा छलफल भएको चौथाइवालेले ट्वीटर मार्फत जानकारी दिएका दिए।  

कांग्रेसको निमन्त्रणामा चार दिने अनौपचारिक भ्रमणका लागि नेपाल आएका उनले सोमबार प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेटेका थिए।

प्रकाशित: ७ भाद्र २०७८ ०८:३६ सोमबार

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवाले