राजनीति

आफगानिस्तानमा रहेका नेपालीलाई सुरक्षित स्वदेश फर्काउन राप्रपाको माग

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले अफगानिस्तानमा रहेका नेपालीहरुलाई सुरक्षित तवरले स्वदेश फर्काउन सरकारसँग माग गरेको छ। तालिवानी विद्रोहीको आक्रमण बढ्दै गएपछि आफगानिस्तान गृहयुद्धमा फस्ने खतरा बढेको भन्दै त्यहाँ रहेका नेपालीलाई स्वदेश फर्काउन राप्रपाले माग गरेको हो।

राप्रपाका अध्यक्षत्रय पशुपती शमसेर जबरा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले संयुक्तरुपमा वक्तव्य निकाल्दै भने, 'अफगानिस्तानमा रहेका नेपालीहरुलाई सुरक्षित तवरले स्वदेश फर्काउन र उनीहरुको पूर्ण सुरक्षाको व्यवस्था गर्न राप्रपा नेपाल सरकारसँग माग गर्दछ।'

यस्तै, राप्रपाले ब्रिटिश गोर्खाका भूपूसैनिकको जायज माग पूरा गराउन सशक्त कुटनीतिक प्रयास गर्न समेत सरकारको ध्यान आकर्षण गरेको छ। 'भूपूसैनिकको संघर्षप्रति ऐक्यबद्धता जनाउँदै उनीहरुका माग पूरा गर्न बेलायती सरकारसँग आग्रह गर्दछ', वक्तव्यमा भनिएको छ।

ब्रिटिश गोर्खाका भूपूसैनिकले समान पेन्सन तथा तलब लगायतका माग राख्दै ब्रिटिश प्रधानमन्त्री भवन अगाडि आमरण अनसन बस्दै आइरहेका छन्।

प्रकाशित: ३१ श्रावण २०७८ ०८:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App