राजनीति

प्रधानमन्त्रीलाई ओलीकाे प्रश्नः एमसिसि के गर्ने?

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसि) को सम्बन्धमा सरकारको ठोस धारणा माग गरेका छन्। लिम्पियाधुरा, लिपुलेकलगायत सीमासम्बन्धित समस्या र अन्य कामबारे सरकारको ठोस धारणा माग गर्दै उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई एमसिसि पास गर्ने कि नगर्ने? भन्दै प्रश्न गरेका हुन्।

‘नेपाली जनताले जान्न चाहेको छ सम्माननीय प्रधानमन्त्रीज्यू के गर्नुहुन्छ एमसिसि?,’ प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले भने, ‘तपाई त एकदम बजबुत प्रधानमन्त्री हुनुहुन्छ। तपाईको साथमा १६५ जना छन्। अरू कसैको साथ चाहिन्न। त्यो जत्थाले के भन्छ। एमसिसी पास गर्ने कि नगर्ने?’

यस्तै, उनले संविधानको सर्वस्वकार्यतामा कुनै पनि समस्या नभएको पनि बताएका छन्। 'पछिल्लो समय संविधानको सर्वस्वकार्यतामा कुनै समस्या छैन', उनले भने, 'केही कुरामा असहमति होला तर सर्वस्वकार्यतामा समस्या छैन।'

प्रकाशित: २६ श्रावण २०७८ ०९:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App