राजनीति

लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन साउन २७ गते

लुम्बिनी प्रदेशमा प्रदेशसभाको विशेष अधिवेशन साउन २७ गतेलाइ बोलाइएको छ। 

प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १८३ को उपधारा (३) बमोजिम प्रदेशसभाको विशेष अधिवेशन साउन २७ गते दिउसो १ बजेलाइ आह्वान गरेको प्रदेश सभा सचिव दुर्लभ पुनद्वारा जारी सूचनामा जनाइएको छ।  

विपक्षी गठबन्धले मुख्यमन्त्री शंकर पोखरेल बिरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका छन्। दलहरुले पोखरेल विरुद्धको अविश्वासको प्रस्ताव उपर छलफलका लागि विशेष अधिवेशन गर्न माग गर्दै साउन १९ गते प्रदेश प्रमुख समक्ष समावेदन पनि गरेका थिए।

प्रकाशित: २१ श्रावण २०७८ ११:५७ बिहीबार

जोगिएला लुम्बिनी प्रदेश विशेष अधिवेशन