राजनीति

गण्डकी प्रदेश प्रमुखमा पृथ्वीमान सिंह गुरुङ र लुम्बिनीमा अमिक शेरचन

सरकारले गण्डकी प्रदेश प्रमुखमा पृथ्वीमान सिंह गुरुङ र लुम्बिनीमा अमिक शेरचनलाई सिफारिस गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले दुवै प्रदेश प्रमुखलाई सिफारिस गरेको हो।  

सरकारले गण्डकीकी प्रदेश प्रमुख सीता पौडेललाई हटाएर पृथ्वीमान सिंह गुरुङलाई सिफारिस गरेको हो। त्यस्तै लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ यादवलाई हटाएर अमिक शेरचनको नाम सिफारिस गरिएको हो।

प्रदेश प्रमुखको नियुक्ति सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था छ।

प्रकाशित: १२ श्रावण २०७८ १२:१९ मंगलबार

मन्त्रिपरिषदको बैठक