राजनीति

प्रधानमन्त्री देउवाले पाए विश्वासको मत

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत प्राप्त गरेका छन्। दोस्रो पटकको प्रतिनिधिसभा पुनःस्थापना भएपछि प्रतिनिधिसभाको बसेको पहिलो बैठकमा देउवाले विश्वासको मत प्राप्त गरेका हुन्।

जम्मा २४९ मत मध्ये प्रधानमन्त्री देउवाकाे पक्षमा १६५ मत परेकाे छ। यस्तै, १ तटस्थ बस्ने पक्षमा छन् भने ८३ वटा हस्ताक्षर विपक्षमा परेका छन्।

प्रकाशित: ३ श्रावण २०७८ १६:२६ आइतबार

विश्वासको मत प्रधानमन्त्री शेरबहादुर देउवा