राजनीति

शंकर पोखरेलको प्रतिक्रियाः संसदीय व्यवस्था र दलीय प्रणालीमाथि गम्भीर आघात

नेकपा एमालेका नेता शंकर पोखरेलले सर्वोच्च अदालतको आदेशले संसदीय व्यवस्था र दलीय प्रणालीमाथि गम्भीर आघात पुर्‍याएको बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले भनेका छन्, ‘संसदीय व्यवस्था र दलीय प्रणालीमाथि गम्भीर आघात। सुदुर भविष्यसम्म नेपाल राष्ट्र र नेपाली जनले अस्थिरताको दुश्चक्र वेहोर्नु पर्नेभो।’  

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएसँगै उनले यस्तो प्रतिक्रिया दिएका हुन्।

प्रकाशित: २८ असार २०७८ ०९:०० सोमबार

नेता शंकर पोखरेल