राजनीति

गण्डकी प्रदेशमा कार्यविभाजनः मनाङे विना विभागीय

गण्डकी प्रदेशमा गत जेठ २९ गते गठित मन्त्रिपरिषद्का सदस्यलाई मन्त्रालयको जिम्मेवारी दिइएको छ। मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले मन्त्रीद्वय कुमार खड्का र मधुमाया अधिकारी गुरुङलाई मन्त्रालयको जिम्मेवारी सुम्पिएकी छन्।

मन्त्री खड्कालाई शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ भने गुरुङलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। अन्य मन्त्रालय मुख्यमन्त्री मातहत नै रहेका छन्।

विना विभागीय रहेका मन्त्री हरिशरण आचार्य र राजीव गुरुङ(दीपक मनाङे)लाई जिम्मेवारी दिइएको छैन।

प्रकाशित: १३ असार २०७८ ०९:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App