राजनीति

गण्डकी नीति तथा योजना आयोगको उपाध्यक्षमा तनहुँका काफ्ले

गण्डकी प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा तनहुँका डा. रघुराज काफ्ले नियुक्त भएका छन्  । काफ्ले तनहुँको ब्यास नगरपालिका ५ का बासिन्दा हुन्  । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले काफ्लेलाई उपाध्यक्षमा नियुक्त गरेका हुन्  ।  

काफ्लेले अर्थशास्त्रमा पिएचडी गरेका छन् । उनी यसअघि तनहुँकै आदिकवि भानुभक्त बहुमुखि क्याम्पसका सहायक क्याम्पस प्रमुख पनि भएका थिए । तनहुँ जिविसमा स्थानीय विकास कोषको कार्यकारी प्रमुख समेत भएर उनले काम गरेका छन् । त्यसैगरि वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको कार्यकारी निर्देशकको रुपमा समेत उनले काम गरेका छन्। श्रम तथा रोजगार विज्ञको रुपमा काफ्ले परिचित छन् ।  

काफ्लेलाई आइतबार मुख्यमन्त्री पोखरेलले सपथ ग्रहण गराएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका प्रवक्ता उपसचिव झलकराम सुवेदीले जानकारि दिए । ‘उपाध्यक्षमा काफ्ले नियुक्त हुनु भएको छ । अरु पदाधिकारी भने अझैसम्म नियुक्त हुनु भएको छैन,’ सुवेदीले भने ।

प्रकाशित: ६ असार २०७८ १०:३० आइतबार

नीति तथा योजना आयोग उपाध्यक्ष