राजनीति

विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्वल थापाको अवस्था गम्भीर, थप उपचारका लागि मेडिसिटी लगियो

विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष उज्वल थापाको अवस्था गम्भीर भएको छ। अहिले उनलाई थप उपचारका लागि ग्राण्डी अस्पतालबाट मेडिसिटी अस्पताल लगिएको छ। 

थापाको स्वास्थ्य अवस्था एकदमै नाजुक भएपछि 'एक्स्टाकोर्पोरियल मेम्बरेन अक्सिजिनेसन' (इसिएमओ) प्रविधिबाट उपचार गर्न मेडिसिटी अस्पताल लगिएको डाक्टर विश्व दवाडीले नागरिकन्यूजलाई बताए।

उनले भने, हिजोदेखि स्वास्थ्य अवस्था गम्भीर भएपछि थप उपचारका लागि मेडिसिटी अस्पताल ल्याएका छौं।  

कोरोना र निमोनिया देखिएपछि काठमाडौंको ग्राण्डी अस्पतालमा विगत २४ घण्टादेखि भेन्टिलेटरमा राखेर थापाकाे उपचार भइरहेको थियो।

प्रकाशित: १४ जेष्ठ २०७८ ०८:०७ शुक्रबार

विवेकशील साझा पार्टी