राजनीति

प्रधानमन्त्री ओली राष्ट्रपति निवासमा

फाइल तस्बिर

बालुवाटारमा बसेको आकस्मिक बैठकलगत्तै प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन्। पछिल्लो समय लुम्बिनी प्रदेशमा विकशित नाटकीय राजनीतिक घटनाक्रमसंगै ओली शीतल निवास पुगेका हुन्।  

लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखेरेलविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता भएको थियो। प्रस्ताव टेबल हुनु अगावै पोखरेलले पदबाट राजीनामा दिएपछि त्यस क्षेत्रमा सांसदको अंकगणित चर्चामा छ। पछिल्लो समय प्रदेश सांसद विमला खत्री नेकपा केन्द्रमा प्रवेश गरेसंगै मुख्यमन्त्री शकर पोखरेल थप संकटमा परेका छन्।

प्रकाशित: १९ वैशाख २०७८ ०८:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App