राजनीति

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोख्रेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

मुख्यमन्त्रीमा कुलप्रसाद केसीलाई प्रस्ताव

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ। कांग्रेस, माओवादी केन्द्र र जसपाले मुख्यमन्त्री पोख्रेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका हुन्।  

यसैगरि आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीलाई मुख्यमन्त्रीमा प्रस्ताव गरिएको छ। केहीबेर अघि ४१ सांसदको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता गरिएको प्रदेशसभा सदस्य ईन्द्रजीत चौधरीले जानकारी दिए। उनका अनुसार माओवादी केन्द्रका १७, कांग्रेसका १९ र जसपाका ५ सांसदले हस्ताक्षर गरेका छन्। जसपाका एक सांसदले भने हस्ताक्षर नगरेको उनले बताए। यसैगरि संसदमा रहेका राजमोका एक सांसदले पनि हस्तक्षर गरेका छैनन्।  

संसदमा रहेका कुल ८५ सांसदमध्ये बहुमतका लागि ४३ मत आवश्यक पर्छ। मुख्यमन्त्री पोखरेलसंग पनि ४१ मत मात्रै रहेको छ।

प्रकाशित: ६ वैशाख २०७८ ०७:३७ सोमबार