राजनीति

घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथिकाे कार्बाही भद्दा मजाकः योगेश भट्टराई

नेकपा एमालेका नेता योगेश भट्टराईले घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथि गरिएको कार्बाही भद्दा मजाक भएको टिप्पणी गरेका छन्।

सामाजिक सञ्जाल ट्वीटरमार्फत् आज एक ट्वीट गर्दै नेता भट्टराईले नेपालमा आजभोली विद्वान, ईमान्दार र नैतिकवानहरुमाथि कार्बाही हुने तर मुर्ख, भ्रस्ट र अनैतिकहरु पुरस्कृत हुने जिकिर गरे।

उनले लेखेका छन्, 'ॠषिमुनी र वुद्धको ज्ञान भूमी अनि मार्क्सवादको उर्वर भूमी नेपालमा आजकालः विद्वान, ईमान्दार र नैतिकवनहरुमाथि कार्वाही हुन्छ। मुर्ख, भ्रस्ट र अनैतिकहरु पुरस्क्रित हुन्छन्। कमरेड धनश्याम र सुरेन्द्रजी माथि त्यस्तै भद्धा मजाक गरिएको छ।'

प्रकाशित: १९ चैत्र २०७७ १०:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App