राजनीति

एमालेले गर्‍यो प्रदेश कमिटीको जिम्मेवारि हेरफेर

एमालेले प्रदेश कमिटीको जिम्मेवारि हेरफेर गरेको छ। प्रदेश–१ को इन्चार्जमा सुवास नेम्बाङ, सहइन्चार्जमा लालबाबु पण्डित, भानुभक्त ढकाल, शेरधन राई, गुरु बराल, टङ्क आङबोहाङ, राजेन्द्र गौतम तथा प्रदेश अध्यक्षमा देवराज घिमिरे र सचिव विनोद ढकाल रहेका छन्।  

यस्तै प्रदेश–२ को इन्जार्च सत्यनारायण मण्डल, सहइन्चार्ज लीला श्रेष्ठ तथा प्रदेश अध्यक्षमा प्रभु साह र सचिव सुमन प्याकुरेल रहेका छन्। यस्तै वागमती प्रदेशमा इन्चार्ज रामवहादुर थापा, सहइन्चार्जमा काशीनाथ अधिकारी, शेरवहादुर तामाङ, कृष्णगोपाल श्रेष्ठ तथा प्रदेश अध्यक्षमा आनन्द पोखरेल र सचिवमा खेम लोहनी रहेका छन्।  

गण्डकी प्रदेशको इन्चार्जमा पृथ्वीसुब्बा गुरुङ, सहइन्चार्जमा किरण गुरुङ, पदमा अर्याल, लिलबहादुर थापामगर तथा प्रदेश अध्यक्षमा जगत विश्वकर्मा र सचिवमा गोविन्द नेपाली रहेका छन्। लुम्बिनी प्रदेश इन्चार्जमा शङ्कर पोखरेल, सहइन्चार्जमा मणिचन्द्र थापा, दलबहादुर राना, बैजनाथ चौधरी, गिरधारीलाल न्यौपाने तथा प्रदेश अध्यक्षमा लिला गिरी र सचिवमा खेममान खड्का रहेका छन्।  

कर्णाली प्रदेश इन्चार्जमा यामलाल कँडेल, सहइन्चार्जमा लक्ष्मी पोखरेल, गुलावजङ्ग शाह तथा प्रदेश अध्यक्षमा गोरख बोगटी र सचिवमा धर्मराज रेग्मी रहेका छन्। यस्तै सुदूरपश्चिम प्रदेशको इन्चार्जमा लेखराज भट्ट, सहइन्चार्जमा गणेश ठगुन्ना र नारदमुनी राना तथा प्रदेश अध्यक्षमा कर्णवहादुर थापा र सचिवमा राजेन्द्रसिंह रावल रहेका छन्। रासस

प्रकाशित: १७ चैत्र २०७७ ०९:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App