नेकपा प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले रिहा गरेको छ। राष्ट्रपति र प्रधानमन्त्री विरुद्ध अमर्यादित अभिव्यक्ति दिएको भन्दै प्रहरीले बिहीबार दिउँसो नेतृ झाँक्रीलाई निवासबाटै पक्राउ गरेको हो। उनलाई प्रहरीले बिहीबार साँझ रिहा गरेको हो।
रिहा भएपछि उनले आफूलाई राजनीतिक प्रतिशोध साँध्न पक्राउ गरिएको टिप्पणी गरिन्।
यसअघि, झाँक्री पक्राउबारे नेताहरुले चर्को आलोचना गरेका थिए।
प्रकाशित: २९ माघ २०७७ १२:४८ बिहीबार