राजनीति

वैशाखमा हुने चुनावबाट केपी ओली नेतृत्वको पार्टी सबैभन्दा ठूलो दल बन्छ : विष्णु पौडेल

फाइल तस्वीर

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका महासचिव विष्णु पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको पार्टी सबैभन्दा ठूलो पार्टी बन्ने दाबी गरेका छन्। बिहीबार ओली निकट प्रेस संगठन नेपालले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै महासचिव पौडलले आगामी निर्वाचनबाट ओली नेतृत्वको पार्टी सबैभन्दा ठूलो पार्टी हुने जिकिर गरेका हुन्।

अर्थमन्त्री समेत रहेका महासचिव पौडेलले तोकिएको समयमा चुनावमा हुने समेत दाबी गरे। आगामी वैशाख १७ र २७ गते नै प्रतिनिधि सभाको चुनाव हुन्छ। त्यसका लागि सरकारी निकायले तयारी थालिसकेका छन्। कोही–कोहीले चुनाव हुँदैन भनेर भ्रम छरिरहेका छन्। तर, तपाईंहरु ढुक्क हुनुहोस् चुनाव हुन्छ,’ उनले भने।

अर्को प्रसंगमा उनले पार्टी एकता जोगाइरहन आफूहरुले धेरै प्रयास गरेपनि अर्को पक्षले नमानेको आरोप लगाए। सरकारलाई काम गर्न नदिएपछि प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेको उनको भनाई छ। महासचिव पौडलले संसद विघटनबारे सर्वोच्चले गर्ने निर्णयलाई आफूहरुले स्वीकार्ने पनि बताए। तर, संसद् पुनःस्थापनाको सम्भावना नरहेको उनले दाबी गरे।

प्रकाशित: ८ माघ २०७७ ०८:३५ बिहीबार

विष्णु पौडेल संसद विघटन मध्यावधि चुनाव