राजनीति

पत्नी उपचारका लागि भारत गएका प्रचण्ड आज स्वदेश फर्कँदै

फाइल तस्वीर

पत्नीको उपचारका लागि भारत गएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्कँदैछन्। नेपाल वायुसेवा निगमको दिल्ली–काठमाडौं उडानबाट प्रचण्ड शनिबार स्वदेश फर्कन लागेका हुन्।  

प्रचण्ड गत सोमबार पत्नी सीता दाहालको उपचारका लागि भारतको मुम्बई गएका थिए। प्रचण्डको साथमा छोरीहरु रेणु दाहाल र गंगा दाहाल पनि मुम्बई गएका थिए। सीताको उपचार भइरहेकाले गंगा मुम्बई नै रहने छिन्।

भारत रहँदा प्रचण्डले राजनीतिक भेटघाट गर्ने चर्चा चलेपनि त्यस्तो कुनै भेट नभएको उनको सचिवालयले जनाएको छ।

प्रकाशित: २५ पुस २०७७ ०९:१२ शनिबार

पुष्पकमल दाहाल 'प्रचण्ड'