राजनीति

केपी ओली केशरजंगपछिको खराब पात्रः राजकाजी

तस्बिर : राजकाजी गुरुङ । (उनकै फेसवुक वालबाट)

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा कास्कीका ईञ्चाज राजकाजी गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीलाई केशरजंग रायमाझीसँग तुलना गरेका छन्। प्रधानमन्त्री ओलीले संसद विघटन गर्न सिफारिस गरेलगत्तै सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै उनले ओलीलाई रायमाझीसँग तुलना गरेका हुन्।

नेपालका कम्युनिष्टहरुले रायमाझीलाई खराब पात्रका रुपमा चित्रण गर्ने गर्छन्। सुरुमा कम्युनिष्ट नेता बनेका रायमाझी पछि कट्टर राजावादी भएर राजतन्त्रको पक्षपोषणमा लागेका थिए। तिनै रायमाझीसँग ओलीलाई तुलना गर्दै उनले भनेका छन्,‘नेपाली कम्युनिष्ट आन्दोलनमा केशरजंग रायमाझी पछिको खराब पात्रको रुपमा केपी ओलीको नाम दर्ज। अरु परिस्थिति अनुसार...।’

गुरुङले संविधान विपरित संसद विघटन गर्न प्रस्ताव भएको भन्दै विरोध गरेका छन्। संसद विघटन प्रस्ताव राष्ट्रपतिले खारेज गर्नुपर्ने उनको भनाइ छ। कम्युनिष्टहरुको ७० वर्षदेखिको सपना, हालसम्मको राजनीतिक उपलब्धी र नेपाली जनताले दिएको ५ वर्षको म्याण्डेट तथा शान्ति र समृद्धिको जुन अभिभारा दिएका छन् त्यो पूरा नगरी संसद विघटन गरेर दुर्घटना निम्त्याउनु दुःखद भएको भन्दै तुरुन्त सच्चिनुपर्ने उनले बताए। आवेशमा आएर संसद विघटन गरेपनि ओलीको रायमाझी पथ रोकिनेमा भने अझै आफू आशावादी रहेको उनले बताए।

प्रकाशित: ५ पुस २०७७ ०६:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App