राजनीति

संवैधानिक परिषद्सम्बन्धी अध्यादेशलाई डा.भट्टराईले भने : तीन सदस्यीय ओली परिषद्

सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशलाई जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले ‘प्रतिगमन’को संज्ञा दिएका छन्।  

मंगलबार दिउँसो अध्यादेश जारी भएलगत्तै पूर्वप्रधानमन्त्री डा.भट्टराईले अर्काे विनाशकारी अध्यादेशअघि नै संसद् अधिवेशन बोलाउन अपिल पनि गरेका छन्।  

‘त्यसै त निम्छरा संवैधानिक आयोग, अब अध्यादेशमार्फत बनेको तीन जनाको ओली परिषद्ले ओलीका खल्तीबाट निस्केका नाम राखेर भरेपछि कस्तो बन्लान्?  त्यत्रो बलिदानमार्फत स्थापित गणतन्त्रको चीरहरण गरेर प्रतिगमनको आधार तयार गरिनै लागेको हो त,’ डा. भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अर्को विनाशकारी अध्यादेशअघि नै संसद अधिवेशन बोलाऊँ।’

प्रकाशित: ३० मंसिर २०७७ ११:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App