राजनीति

चितवन घटनालाई संकेत गर्दै शंकर पोखरेलले भने: जब नेतृत्वले स्वार्थको द्वन्द्वमा विवेक गुमाउँछ...

चितवनमा शनिबार भएको घटना (नेता सुरेन्द्र पाण्डेलाई कार्यकर्ताबाटै दुर्व्यवहार) लाई संकेत गर्दै नेकपा स्थायी कमिटी सदस्य शंकर पोखरेलले यस्तो प्रवृत्तिले पार्टी कमजोर बन्ने बताएका छन्।  

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका नेता पोखरेलले पार्टी नेतृत्व तहले स्वार्थको टकरावमा विवेक गुमाउँदा माथिदेखि तलसम्मै पार्टीको बदनाम हुने चिन्ता व्यक्त गरेका हुन्।  

आइतबार पाखरेलले फेसबुकमा लेखेका छन्, ‘जब नेतृत्वले स्वार्थको द्वन्द्वमा विवेक गुमाउछ तब माथिदेखि तलसम्म पार्टी र नेतृत्वलाई खुइल्याउने र कमजोर बनाउने उपक्रम सुरु हुन्छ।’

प्रकाशित: ७ मंसिर २०७७ ०७:२० आइतबार

शंकर पोखरेल