राजनीति

ओलीसहित ६ जनाको बालुवाटारमा अलग्गै छलफल

प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालयका पाँच सदस्यहरुसँग अलग्गै अनौपचारिक छलफल गरेका छन्। पार्टीको सचिवालय बैठक सकिएपछि प्रधानमन्त्री ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल, वामदेव गौतम, इश्वर पोखरेल, रामबहादुर थापा, विष्णु पौडेलसँग अलग्गै छलफल गरेका हुन्। गौतम भने केही समय बसेर निस्किएका थिए।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ बाहिरिएपछि प्रधानमन्त्री ओलीले पाँच जना नेताहरुलाई एकैछिन काम छ भनेर बालुवाटारमा अलग्गै छलफल गरेको स्रोतले जनाएको छ। सचिवालय बैठक बालुवाटारमा केही समय बसेर सकिएको थियो। बैठक सकिएपछि उनीहरुसँग छलफल गरेका हुन्। 

सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहित ५ नेताले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको पत्र र त्यसबारे ओलीले दिएको जवाफ अध्ययनका लागि नेताहरुलाई दिइएको छ। अध्यक्ष द्वयका पत्र अध्ययनपछि बैठक मंसिर ३ गते बस्ने भएको छ।

प्रकाशित: २८ कार्तिक २०७७ १२:४३ शुक्रबार

प्रधानमन्त्री केपी शर्मा ओली सचिवालय