राजनीति

हाम्रा सेना प्रमुखले गर्ने नेपाल भ्रमणले दुई देशबीचको सैनिक सम्बन्ध अझ बलियो बनाउनेछ : भारत

भारतले भोलि बुधबारदेखि आफ्ना सेना प्रमुखले गर्न लागेको नेपालको भ्रमणले दुई देशबीचको रक्षा सम्बन्धलाई अझ बलियो बनाउने बताएको छ।  

भारतका स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरावणे नेपाल भ्रमणका लागि भोलि काठमाडौं आउँदै छन्।  

सोही विषयमा पत्रकारको प्रश्नमा नेपालस्थित भारतीय दूतावासका प्रवक्ता नवीन कुमारले आफ्ना सेना प्रमुखले गर्ने भ्रमणले रक्षा सहकार्यसम्बन्धी दुईपक्षीय सम्बन्धबारे छलफल गर्ने अवसर प्रदान गर्ने र यसलाई अझ सुदृढ गर्न बाटो खोल्ने बताएका हुन्।  

‘जनरल एमएम नरावणेको भ्रमणले दुई सेनाबीच रहेको दीर्घकालीन तथा परम्परागत मैत्री सम्बन्धलाई थप प्रगाढ बनाउनेछ,’ उनले भनेका छन्, ‘यो भ्रमणले द्विपक्षीय रक्षा साझेदारीबारे छलफल गर्न र आपसी हितका लागि यसलाई बृहत् बनाउन थप सम्भावनाको खोजी गर्न दुवै पक्षलाई अवसर प्रदान गर्नेछ।’

यो पनि पढ्नुहोस्

भारतीय सेनाप्रमुख नरावणे नेपाल आउने

प्रकाशित: १८ कार्तिक २०७७ ०८:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App