राजनीति

प्रदेश २ः अनुसन्धान ब्यूरो विधेयक पारित

अब आफ्नै अनुसन्धान ब्यूरो गठन गर्न पाउने

आइतबार बसेको प्रदेशसभा बैठकले प्रदेश अनुसन्धान ब्युरो गठन सम्बन्धी विधेयक सर्वसम्मतले पारित गरेको छ। प्रदेशसभा बैठकमा प्रदेश अनुसन्धान ब्यूरो गठनसम्बन्धी विधेयक संशोधनसहित सर्वसम्मत पारित भएसंगै प्रदेश २ सरकारले अब आफ्नै अनुसन्धान ब्युरो गठन गर्न पाउने भएको छ।  

प्रदेश सभामा आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादवले संशोधन सहितको सो विधेयक प्रस्तुत गरेका थिए। विधेयकमा प्रदेशभित्र शान्ति सुरक्षा तथा सुव्यवस्था कायम राखी प्रदेशको हकहित तथा विकास, औद्योगिकरण, व्यापार व्यवसाय प्रवर्द्धन गर्न ब्युरोले सूचना संकलन गरी प्रशोधन गर्ने उल्लेख छ।

विधेयकमा मन्त्रिपरिषदले कुनै विषयमा अनुसन्धान गर्नका लागि आदेश दिएमा ब्यूरोले सो को अनुसन्धान गरी प्रतिवेदन मन्त्रिपरिषद समक्ष प्रस्तुत गर्नसक्ने उल्लेख रहेको छ। प्रदेश प्रमुखले यो विधेयकलाई प्रमाणीकरण गरेसँगै कानुनको रुप लिने छ।

प्रकाशित: २६ आश्विन २०७७ ०५:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App