राजनीति

नेकपा सचिवालय बैठक सर्‍यो

फाइल तस्वीर

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आइतबारका लागि सारिएको छ। शुक्रबारका लागि बोलाइएको सचिवालय बैठक आइतबार बिहान ११ बजे बस्ने गरी सारिएको पार्टी कार्यालयका सचिव इश्वरी रिजालले जानकारी दिए।

पार्टीको सचिवालय बैठक पहिलो पटक तत्कालीन माओवादीको पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने तयारी थियो । पार्टी कार्यालय सचिव रिजालका अनुसार  सचिवालय बैठक असोज ४ गते आइतबार विहान ११ बजे बस्नेछ।

प्रकाशित: २ आश्विन २०७७ ०४:३४ शुक्रबार

नेकपा सचिवालय बैठक