सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी योगेश भट्टराईले पार्टी दुर्घटनातर्फ अघि बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
पार्टीका दुई अध्यक्षबीच खिचातानी चलिरहेका बेला मंगलबार दिउँसो ट्विट गर्दै पर्यटनमन्त्रीसमेत रहेका नेता भट्टराईले सबैलाई रोकिन र सल्लाह गर्न आग्रह गरेका हुन् ।
उनले लेखेका छन्, ‘दुर्घटना नजिक देखिन्छ । सबै रोकिऔं । सल्लाह गरौं ।’
यो पनि पढ्नुहोस्
नेकपा संकट समाधानका लागि युवा नेताको अग्रसरता
प्रकाशित: १३ श्रावण २०७७ ०९:४२ मंगलबार