राजनीति

सर्भिलेन्स गाडी खरिदबारे गृहमन्त्रीको जवाफ माग

मीनेन्द्र रिजाल

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद मीनेन्द्र रिजालले कोरोना संक्रमणको समयमा प्रधानमन्त्रीका लागि सर्भिलेन्सहितको गाडी खरिद प्रक्रिया अगाडि बढाएको भन्दै गृहमन्त्री राबहादुर थापासँग जवाफ मागेका छन्। मंगलबार प्रतिनिधिसभाबैठकमा धारणा राख्दै रिजालले प्रधानमन्त्रीका लागि सुरक्षा सर्भिलेन्ससहित ५ करोड मूल्यको गाडी खरिद प्रक्रिया अगाडि बढेकोमा थापाको जवाफ मागेका हुन्। गाडी खरिद प्रक्रिया फागुनदेखि रोकिएकोमा हालै नेपाल प्रहरीले अगाडि बढाएको खबर सञ्चारमाध्यममा आएको सांसद रिजालको भनाइ छ। बुधबार नेपाल प्रहरीको बजेटमा एलटिई र्यापिट कम्युनिकेसन सिष्टमजडित गाडी खरिदको प्रक्रिया अघि बढाएको समाचार नागरिक दैनिकमाप्रकाशित भएको थियो।  

‘असार ३ देखि नेपाल प्रहरीले गाडी खरिद प्रक्रिया अगाडि बढाएको खबर एक राष्ट्रिय दैनिकमा आएको छ, गृहमन्त्रीजी के यो साँचो हो?,’ सांसद रिजालले संसद्मा प्रश्न गरेका थिए। उनले बजेट खर्च गर्ने ठाउँ नपाएर गाडि खरिद गर्न लागेको हो भन्दै प्रश्न पनि गरेका छन्। ‘कोरोना रोकथाममा बेसार थेरापीको अलौकिक सफलताको उद्घोष पत्याएर बजेट खर्च गर्ने ठाउँ नपाइएला भन्ने डरले उल्फाको धनझैं फलुज खर्च गर्न सरकारी तयारी हो ? यो जवाफ पाउँ,’ उनले भने।

प्रहरी प्रधानकार्यालयले -यापिट कम्युनिकसन सिष्टमजडित गाडी खरिदको प्रक्रिया अन्तिम चरणमा पु-याएको छ। अत्यन्तै महँगो प्रविधि उपकरणजडित गाडी अहिलेको आवश्यकता हो कि होइन भन्नेबारे छलफल नै नगरी प्रहरीले टेण्डर आह्वान गरेको थियो।

प्रकाशित: १० असार २०७७ ०२:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App