राजनीति

राष्ट्रियसभा विशेष समयः 'विदेशबाट आएकाहरुका कारण कोरोना संक्रमण बढ्यो'

राष्ट्रियसभा सदस्य सुमनराज प्याकुरेलले भारत लगायत तेस्रो मुलुकबाट नेपाली नागरिक आएका कारण नेपालमा कोरोना संक्रमण बढेको बताएका छन् । राष्ट्रियसभाको विशेष समयमा बोल्दै प्याकुरेलले भारत र अन्य मुलुकबाट नागरिकहरु आएको संक्रमण फैलिएको बताएका हुन ।

उनले भने, ‘भारत वा अन्य देशबाट नेपाली नागरिक आउने क्रम नचलेको भए नेपाल कोरोनामुक्त देश हुन्थयो की ?’ युरोप अमेरिका जस्तो देशहरुले यसको व्यवस्थापन गर्न नसकेको उल्लेख गर्दै उनले नेपाल सरकारले जेनतेन भएर पनि व्यवस्थापन गरिरहेको बताए । विश्वका अधिकांश मुलुकहरुमा परीक्षण किटको अभाव रहेको, विकसित मुलुकहरुमा समेत भेन्टिलेटर, आइसियुर आइसोलेसनको अभाव रहेको उल्लेख गर्दै उनले सरकारको खुलेर बचाउ गरे । कहालीलाग्दो विरासतमाथि उभिएर सरकार कोरोना विरुद्ध लडिरहेको उनले बताए ।

त्यस्तै राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझीले राजाको विरुद्ध लडेको शक्तिलाई च्यालेञ्ज गर्न आग्रह गरेका छन । राष्ट्रियसभाको विशेष समयमा बोल्दै उनले कोरोना विरुद्ध पूर्ण रुपमा असफल भएको सरकारले राजाको विरुद्ध लडेको शक्तिलाई च्यालेञ्ज गर्न नसुहाउने बताए । नेपाली कांग्रेस नेतृत्वको सरकारले २०४८ सालमा १२ अर्ब राजस्व उठाएको स्मरण गर्दै उनले त्यो बेला बेला सरकारले बैंक र शैक्षिक संस्थ खोल्ने वातावरण बनाएका कारण अहिलेको अवस्थामा पुगिएको बताए । आरडिटी परीक्षण आवश्यक नभएकोले पीसीआर परीक्षण गर्न सरकारलाई सचेत गराउँदा विरोध गरेको नसम्झिन उनले आग्रह गरे ।

जनताले महामारी नियन्त्रणका लागि सरकारले खर्च गरेको १० अर्बको हिसाब मागेको उल्ले गर्दै उनले सरकारको ‘पर्फोमेन्स’ सन्तोषजनक नभएको बताए । प्रधानमन्त्री आफु लकडाउनमा बसेका कारण सम्पूर्ण देशलाई लक डाउनमा राखेको उनले आरोप लगाए । उनले भने ‘सरकारको पर्फोमेन्स छैन् । प्रधानमन्त्री विरामी हुनुभयो । लक डाउनमा पर्नुभयो । सबै जनतालाई लक डाउनमा राख्नुभयो ।’

प्रकाशित: २८ जेष्ठ २०७७ १०:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App