राजनीति

स्वास्थ्य सेवा विभागका महानिर्देशकको सरुवा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिहीबारको वैठकले मन्त्रालयका कर्मचारीको हेरफेर गरी सरुवा गरेको छ। जस अनुसार स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र प्रसाद श्रेष्ठ र स्वास्थ्य सेवा विभाग आपुर्ति व्यवस्थापन महाशाखाका प्रमुख  भोगेन्द्र डोटेललाई मन्त्रालयमा सरुवा गरेको छ भने मन्त्रालयमा कार्यरत डा. दीपेन्द्र रमण सिंहलाई विभागको महानिर्देशकको रुपमा नियुक्त गरेको हो।  

एक सातादेखि नै कोभिड १९ महामारीको वेला खरिद प्रक्रिया लगात अन्य कामहरुमा  स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई चित्त नबुझेको चर्चा चलेको थियो। मन्त्रालयले तीन महिना अघि मात्र महानिर्देशक श्रेष्ठलाई मन्त्रालयवाट बिभागमा नियुक्ति गरेका थिए।  

 

प्रकाशित: २२ जेष्ठ २०७७ १०:३६ बिहीबार

सरुवा