राजनीति

राष्ट्रियसभा विशेष समयः देशबाहिर अफ्ठ्यारोमा परेकाहरुको उद्धार गर्न सांसदहरुको माग

सांसदहरुले देशबाहिर अफ्ठ्यारोमा परेकाहरुको उद्धार गरी पीसीआर परीक्षणको दायरा बढाउनमा माग गरेका छन्।  राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्ने सांसदहरुले परीक्षण बढाउनुपर्ने, विदेशमा अलपत्र नेपालीहरुको उद्धार गर्नुपर्ने, सम्पूर्ण प्रदेशमा आवश्यक स्वास्थ्य उपकरणको उचित व्यवस्था गर्न माग गरेका छन्। सांसद हरिराम चौधरीले सुदूरपश्चिमको स्वास्थ्य सेवाको अवस्था दयनिय रहेको बताउनुभयो। अहिले संक्रमित नभएपनि भारतबाट रोजगार गुमाएका नागरिकहरुको लिकिछिपि फर्किने क्रम नरोकिएकाले भोली समस्या हुन सक्ने उनले बताए। प्रदेशभरी ५, ६ वटा मात्रै आइसियुसहितका भेन्टिलेटर भएपनि त्यो पर्याप्त नभएको उनको भनाइ छ। प्रदेशमा कोरोनाका विरामी मात्रै नभएर अन्य विरामीहरु पनि समस्यामा रहेको उनले बताए। उनले प्रदेशमा पीसीआर परीक्षणको दायरा बढाउन आग्रह गरेकाक छन्।

सांसद जितेन्द्र नारायण देवले कोरोना भाइरसका विदेशमा अलपत्र नागरिकको तत्काल उद्दारका गर्न आग्रह गरे। प्रतिपक्षी दलले पूर्वाग्रही ढंगले विदेशमा रहेका नेपाली मुद्दा उठाइहेको भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिको खण्डन गर्दै उनले जनताको बाँच्न पाउने अधिकारको संरक्षण गर्न आग्रह गरे। उनले भने, ४०, ४५ लाख नेपालीलाई ल्याउनुहोस् भनेक होइनौँ हामीले रोजगारी गुमेका, खाना नपाएका, स्वदेश आउनेहरुलाई ल्याउनुहोस् भनेका हौ। व्यवस्थित रुपमा परीक्षण गरेर ल्याउनुहोस्। आउन चाहानेहरुलाई नेपाली माटोमा बाँच्न दिउ भनेका हौ।’’

उनले पीसीआर परीक्षणको दायरा बढाउन पनि माग गरे। सांसद शेखर कुमार सिंहले स्थानीय तहहरुमा व्यवस्थित क्वारेन्टाइनको संख्या बढाउन माग गरे। स्थानीय तहहरुले क्वारेन्टाइनमा नपठाएर भारतबाट आएकाहरुलाई सीमा नाकामा टहरा बनाएर राख्ने गरेको उनले बताए।अहिले धान र मकै रोप्ने समय भएकाले उन्नत विउ, मलको समयमै व्जयवस्थापन गर्न पनि उनको मामग छ।

सांसद रामनारायण विडारीले सीमा विवादको विषयमा आफ्ना कुराहरु राखेका छन्। नेपाल र भारतका पूर्वा शासकहरुको गल्तिका कारण अहिलेको अफ्ठ्यारो अवस्था सिर्जना भएको उल्लेख गर्दै उनले कुटनीतिक माध्यमबाट समस्या समाधान गर्नुपर्ने बताए। पूर्व शासकहरुको हेलचक्रयाइका कारणले कुटनैतिक रुपमा आफ्ठ्यारो पर्ने, परराट्र नीतिमा अफठ्यारो पार्ने र दुबै देशका सम्बन्धित पदाधिकारीको बीचमा कुराकानी नहुने स्थिति आउन नदिन छिटो समस्या समाधान गर्न उहाँले आग्रह गरे।

विडारीले सरकारले गाउँ गाउँमा किसानहरुका लागि मल, विउ र किटनाशक औषधिको व्यवस्था गर्न माग गरे। किसानहरुको उत्पादन सरकारले गाउँबाट किनेर वितरण गर्नसके मात्रै भारतबाट तरकारी ल्याउनै पर्ने अवस्थाको अन्त्य हुने उनले बताए।

जनताहरु लक डाउनमा रहेका बेला मन्त्री, सांसद र नेताहरुले धेरै हिडडुल गर्नुभन्दा संक्रमण नियन्त्रण र रोकथामका लागि के गर्न सकिन्छ त्यतातिर काम गर्न आग्रह गरे।

सांसद विडारीले पास वितरणमा अझै कडाई गर्न गृहमन्त्रालयलाई आग्रह गरे। २, ४ हजार रुपैयाँ भएका गुण्डाहरुले गाडीका पास लिएर हिड्ने तर जनतालाई आक्रान्त पार्ने काम नगर्न उनले आग्रह गरे।

प्रकाशित: ७ जेष्ठ २०७७ ०७:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App