राजनीति

विश्वविद्यालयका सबै परीक्षा रोक्ने सरकारको निर्णय

काठमाडौं- सरकारले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ। नेकपा सचिवालय बैठकमा समन्वय समतिका संयोजक समेत रहेका ईश्वर पोखरेलले अहिलेको अवस्थामा सञ्चालन गर्दा जोखिम बढ्न सक्ने भन्दै परीक्षा स्थगित गर्न निर्देशन दिएको बताए।

समन्वय समितिले सबै विद्यालय तहका परीक्षाहरु अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेपछि शिक्षा मन्त्रालयले स्थगित गर्ने निर्णय गरेको हो ।

 

प्रकाशित: ५ चैत्र २०७६ १४:२१ बुधबार

कोरोना परीक्षा भाइरस कोभिड_१९ विश्वविद्यालय ईश्वर_पोखरेल