राजनीति

नवनियुक्त भारतीय राजदूतद्वारा राजनीतिक भेटघाट

काठमाडौं – नेपालका लागि नवनियुक्त भारतीय राजदूत विनय क्वात्राले जिम्मेवारी सम्हालेलगत्तै राजनीतिक भेटघाटलाई तीव्रता दिएका छन्। क्वात्राले बिहीबार मात्र राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहदाको प्रमाणपत्र बुझाएका थिए। बिहीबार नै उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई भेटेका क्वात्राले शुक्रबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग उनकै निवास बूढानीलकण्ठमा भेट गरेका छन्।

उनले नेकपाका नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग पनि शुक्रबार बिहान उनकै निवास कोटेश्वरमा पुगेर भेट गरे। शुक्रबार नै उनले ऊर्जामन्त्री वर्षमान पुनलाई पनि भेटेका थिए। ऊर्जा मन्त्रालयमा भएको भेटमा उनले अरुण तेस्रोले गति लिएको भन्दै खुसी व्यक्त गरेका थिए। उनी राजदूतको जिम्मेवारी सम्हाल्न आइतबार काठमाडौं उत्रिएका थिए। राजदूत मञ्जिवसिंह पुरी कार्यकाल पूरा गरेर स्वदेश फर्किएपछि भारतले गत जनवरी ३० मा उनलाई नेपालको राजदूतमा सिफारिस गरेको थियो।

प्रकाशित: २४ फाल्गुन २०७६ ०२:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App