राजनीति

प्रश्न उठेपछि नैतिकताको आधारमा राजीनामा दिँए : गोकुल बास्कोटा

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले आफ्नोबारे प्रश्न उठेकाले राजीनामा दिएको बताएका छन्। उनले आफुले नैतिकताको आधारमा राजीनामा दिएको बताएका छन्। ट्वीट गर्दै बास्कोटाले भनेका छन्, 'मेरो बारेमा प्रश्न उठेकोले सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष नैतिकताको आधारमा मन्त्री पदवाट राजिनामा दिएको जानकारी गराउँदछु।'

 

मेरो बारेमा प्रश्न उठेकोले सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष नैतिकताको आधारमा मन्त्री पदवाट राजिनामा दिएको जानकारी गराउँदछु। धन्यवाद ।

— Gokul Prasad Baskota (@GokulPBaskota) February 20, 2020

सेक्युरिटी प्रेस खरिदमा संचारमन्त्री गोकुल बाँस्कोटाले स्वीस कम्पनीको एजेन्टसँग ७० करोड घुसको बार्गेनिङ गरेको अडियो सार्वजनिक भए पछि उनले पदबाट राजीनामा दिएका हुन्। मन्त्री बाँस्कोटाले सेक्युरिटी प्रेस खरिद गर्दा कर्मचारीसँग कुरा नगर्न र आफैसँग कुरा गर्न आग्रह गरेको नागरिकलाई प्राप्त अडियो संवादमा सुन्न सकिन्छ। उनले उक्त अडियोमा कमिसनको डिल गरिरहेका छन्।  स्वीस कम्पनीका लोकल एजेन्ट विजय मिश्र र मन्त्री बाँस्कोटाबीच दुई मिनेट ३१ सेकेन्ड चलेको संवादमा उनी र मिश्रबिच घुस लेनदेनको विषयमा कुराकानी भएको प्राप्त अडियो रेकर्डबाट प्रस्ट हुन्छ। बाँस्कोटाले २० देखि २७ अर्बमा सेक्युरिटी प्रेस स्थापनाको काम सक्न पाए हुन्थ्यो भन्ने अनुरोध गरेका छन्।

प्रकाशित: ८ फाल्गुन २०७६ १०:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App